अर्थ मन्त्रालयसहित कम्तीमा ८ मन्त्रालयमा नेपाली कांग्रेसले दाबी गर्ने भएको छ।
शनिबार पदाधिकारी बैठकमा ब्रिफिङ अनुसार अर्थसहित ८ मन्त्रालयमा दाबी रहेको ई जानकारी दिइएको छ।
अहिलेसम्म भएका छलफलका प्रगतिबारे ब्रिफिङ गर्न सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई भनेका हुन। उक्त ब्रिफिङ अनुसार खड्काले कम्तीमा ८ मन्त्रालयमा आफूहरूको दाबी रहँदै आएको बताएका थिए।
पदाधिकारी बैठकमा भएको कुराकानीबारे एक नेताले भने ‘अर्थ मन्त्रालयसहित कम्तीमा ८ मन्त्रालय कांग्रेसलाई चाहिन्छ, हामी संसदको सबैभन्दा ठूलो पार्टी हो भनेर भनेका छौं, ८ मन्त्रालयको अडानलाई यथावत राख्दै गठबन्धन बैठकमा छलफल गर्ने कुरा भएको छ।’
यता प्रधानमन्त्री दाहालले भने ११ दललाई मिलाउनुपर्ने भन्दै कांग्रेसलाई ७ मन्त्रालय लिएर सहयोग गरिदिन आग्रह समेत गरिरहेको ब्रिफिङ कांग्रेस बैठकमा भएको थियो।
- न्युज बहार संवाददाता