बैशाख २६, काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम आएपछी फरार रहेका नेकपा एमालेका सचिव एवं सांसद समेत रहेका टोपबहादुर रायमाझीलाई खोज्न (सिआइबी) केन्द्रीय अनुसन्धान ब्युरोको टोली परिचालन गरिएको छ।
रायमाझीको पनि संलग्नता देखिएको भन्दै उनीमाथि प्रहरीले अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट गत बुधबार पक्राउ पुर्जी जारी गरेको थियो। तर बुधबार देखि नै रायमाझी फरार रहेका छन।
आँफै प्रहरी सामु उपस्थित रहने भनि सुचना दिएर पनि उपस्थित नभएका उनलाई खोज्न शनिबार देखि नै सिआइबी टोली परिचान गरिएको छ।
सिआइबीले गत शनिबारदेखि रायमाझीको खोजी गर्न थालेको हो भने उनी कहाँ छन् भन्ने खुलेको छैन।
उनी भारतमा लुकेको हुनसक्ने अनुमान सिआइबीले गरेको छ र त्यसअनुसार नै अनुसन्धान गरिरहेको उच्च स्रोत बताएको छ।
- न्युज बहार संवाददाता