भदौ ८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान घोषणाको एक दशकलाई उत्सवका रूपमा भव्यताका साथ मनाउन आग्रह गरेका छन ।
यसका
लागि प्रधानमन्त्रीकै अध्यक्षतामा आइतबार संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको
छ ।
नेपाल
सरकारले यस वर्ष संविधान जारी भएको दस वर्ष पुगेकाले यस वर्षको दिवसलाई थप
हर्षोल्लासपूर्ण र भव्य बनाउन तयारी गरेको हो ।
नेपाली जनताको बलिदानीपूर्ण
र लामो सङ्घर्षको उपलब्धिस्वरुप जनताबाट निर्वाचित संविधानसभाबाट २०७२ असोज ३ गते
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थासहितको नेपालको संविधान जारी भएको दिनलाई
राष्ट्रिय दिवस मानिन्छ ।
- न्युज बहार संवाददाता