बागमती प्रदेशमा आज चैत २६ गते मन्त्रिपरिषद बिस्तारको तयारी भएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजै मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका हुन।
नेपाली कांग्रेस पनि बागमती प्रदेश सरकारमा सहभागी हुने भएको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक कुन्दनराज काफ्लेले अहिले २ जनालाई मन्त्री पठाउने विषयमा कुराकानी भइरहेको बताएका छन।
नुवाकोटका बहादुर सिंह लामालाई कांग्रेसले
आर्थिक मामिला मन्त्रालयमा र काभ्रेका तीर्थबहादुर लामालाई खानेपानी मन्त्रीमा पठाउने
तयारी गरिरहेको छ।
- न्युज बहार संवाददाता