बैशाख
१०, काठमाडौँ। आइतबार तीन वटै क्षेत्रमा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको
मतगणना आजै रातिबाट सुरू हुने जानकारी प्राप्त भएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदानको समय सकिएको र तीन वटै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान भएको जनकारी गराएका छन।
थपलियाले भने ‘अब मुचुल्का उठाउने र मतगणना केन्द्रमा मतपेटिका पुर्याउने काम हुन्छ, त्यसपछि मतगणना सुरू भैहाल्छ।’
उनले भने ‘९ बजेसम्म मतपेटिका संकलन गरेर मतगणना सुरू गर्नुस् भनेर भनेका छौं।’
- न्युज बहार संवाददाता