बैशाख
१२, काठमाडौँ । उपनिर्वाचनको प्रचारप्रसार आज राति १२ बजेबाट गर्न नपाइने भएको छ ।
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न निषेध गरिएको निर्वाचन
आयोगले जनाएको छ ।
निर्वाचन
आयोगले निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको
प्रचारप्रसार गर्न नपाइने जानकारी दिएको हो ।
- न्युज बहार संवाददाता