पुस ९, काठमाडौँ । पुर्पक्षका लागि केन्द्रीय कारागारमा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजालले धरौटी बापतको रकम बुझाएका छन्।
मंसिर १५
गते उच्च अदालत पाटनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको
अभियोग लागेका रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
आदेशपछी पनि
धरौटी बापतको रकम बुझाउन नसकेपछि उनी कारागारमै बस्दै आएका थिए।
कारागारका
जेलर ललित बस्नेतले रिजालले आइतबार जिल्ला अदालत काठमाडौँमा १५ लाख धरौटी बुझाएको
केन्द्रीय जानकारी दिएका हुन ।
सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले
उनी बुधबार मात्र छुट्न लागेका
हुन्। गत असार १ गते रिजाललाई अन्य अभियुक्तहरूसँगै केन्द्रीय कारागार लगिएको थियो।
- न्युज बहार संवाददाता