चैत १०, काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवर नेपाल प्रहरीको प्रमुखमा नियुक्त भएका छन् ।
कुँवरलाई शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन।
आईजीपी बढुवाको दौडमा कुँवरसहित एआईजीहरु दीपक थापा, टेकप्रसाद राई, किरण बज्राचार्य र श्यामलाल ज्ञवाली प्रतिस्पर्धामा रहेका थिए। सरकारले आईजीपीको यस प्रतिस्पर्धामा वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको छ।
हालको ३० वर्षे सेवा अवधि कायमै रहे उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् । तीन दिनअघि मात्रै सरकारले उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।
- न्युज बहार संवाददाता