Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरण : पक्राउ परेका अरूण चौधरीसहित तीनै जना रिहा

  •   ३ वर्ष अघि | २४ माघ २०८०, बुधबार

माघ २४, काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरूण चौधरीसहित तीन जना आज हाजिर जमानीमा रिहा भएका छन्।

बुधबार मध्याह्न चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर, बाँसबारी जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र तत्‍कालीन च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक एवं व्यवसायी अरूण चौधरी सरकारी जग्गा निजी बनाएको मुद्दामा र हिरासतमुक्त भएका हुन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तीनै जनालाई हिरासतमुक्त गरेको छ।

सोमबार जिल्ला अदालत काठमाडौँले उनीहरूलाई दुई दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश यज्ञ आचार्यको इजलासले उनीहरूलाई २५ दिनसम्म हिरासतमा राख्नुपर्ने नदेखिएको भन्दै सोमबारदेखि लागू हुने गरी दुई दिन म्याद थप गरेको थियो। अदालत यो दुई दिनमा उनीहरूलाई गराउनुपर्ने कागज गराएर जमानीमा छोड्न आदेश दिएको थियो ।

  • न्युज बहार संवाददाता

थप