पुस २१, काठमाडौँ
। रास्वपाका सभापति रवि लामिछानेलगायतविरुद्ध फेरी अर्को मुद्दा दायर भएको छ । लामिछानेलगायतविरुद्ध
काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम
हिनामिना प्रकरणमा मुद्दा दायर भएको हो ।
जम्मा ३९
जनाविरुद्ध आज आइतबार बचतकर्ताले राखेको रकम अनियमितता भएको
जिकिरसहित मुद्दा दर्ता भएको छ ।
गोर्खा
मिडियाका तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित स्वर्णलक्ष्मी सहकारीका
अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, छविलाल जोशी, कोषाध्यक्ष कुमार रम्तेल,
उपाध्यक्ष
देवेन्द्रबाबु राई, सहसचिव
कविता तामाङ, सचिव
इरान लामा, सदस्य रविना
रिमाल, हमेन्त
अधिकारी, पूर्वअध्यक्ष
दिपक लामालगायतलाई सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको
आरोपमा प्रतिवादी बनाइएको छ ।
- न्युज बहार संवाददाता