कार्तिक १९, काठमाडौँ । आज कार्यकारी निर्देशक
कुलमान घिसिङ लगायतलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा नेपाल विद्युत
प्राधिकरणका आन्दोलनरत कर्मचारीहरुले गरेका छन् ।
कात्तिक १२
गतेदेखि सात बुँदे माग अघि सार्दै आन्दोलनरत नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ
र नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले तिन दिन (आज, भोलि र पर्सि) कार्यकारी निर्देशक, जनसाधन विभागका निर्देशक, उपकार्यकारी
निर्देशक प्रशासन र सम्पूर्ण प्रादेशिक कार्यालय प्रमुखहरुलाई समेत कार्यकक्षमा प्रवेश
निषेध गर्ने निर्णय गरेका हुन् ।
- न्युज बहार संवाददाता