साउन १७, काठमाडौँ । अनेरास्ववियुले सुन तस्करीमा संलग्नलाई कारबाहीको माग राखेर प्रदर्शन गरेको छ ।आज साँझ एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले सुन तस्करीमा संलग्नलाई कारबाहीको माग राखेर काठमाडौंको माइतीघरदेखि बबरमहलसम्म प्रदर्शन गरेको छ ।
उनीहरुले एक क्विन्टल सुन तस्करीमा संलग्न मुख्य व्यक्ति आज सम्म पनि पक्राउ नगरेको भन्दै सरकारप्रति व्यंग्य गर्ने तस्वीर र प्ले कार्डहरु बोकेर प्रदर्शन गरेका छन् ।
- न्युज बहार संवाददाता