वैशाख ७, काठमाडौँ । आइतबार राष्ट्रिय
प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनको क्रममा प्रहरीले नियन्त्रणमा लिएको
सातै जनालाई छाडेको छ ।
जिल्ला
प्रहरी परिसर भद्रकालीका अनुसार नियन्त्रणमा लिइएका सातै जनालाई छाडिएको हो ।
छुट्नेहरुमा
अध्यक्ष राजेन्द्र लिङ्दनेसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ
लगायत रहेका छन ।
- न्युज बहार संवाददाता