कार्तिक
२१, काठमाडौँ । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक भर्खरै सुरु भएको छ ।
यो बैठक सिंहदरबारको
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि सुरु भएको हो । बैठकमा
राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेता सहभागी रहेका छन् ।
प्रधानमन्त्री
प्रचण्डले सर्वदलीय बैठक जाजरकोट भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल
गर्न बोलाएका हुन्।
- न्युज बहार संवाददाता