Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

हिजोको बैठकमा सहमति नजुटे पछी आज पुनः दश दलको बैठक बस्दै।

आज बस्ने बैठकले सहमति जुटाउने।

  •   ४ वर्ष अघि | २ चैत्र २०७९, बिहिबार

चैत २, काठमाडौँ।  आज १० दलीय सत्ता गठबन्धनको बैठक पनि बस्ने भएको छ।

हिजो बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको  गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भएको थियो तर आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति भने जुट्न नसकी बैठक सकिएको थियो। 

जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार रहेका छन्।

गठबन्धनको साझा उम्मेदवार दुई उम्मेदवारमध्ये एकलाई बनाउनका लागि १० दलहरूले समझदारी खोजी रहेका छन्।

१० दलका बीचमा साझा उम्मेदवार तय गर्ने विषयमा छलफल भएको र आज बस्ने बैठकले यस विषयमा सहमति जुटाउने माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिएका छन।  

  • न्युज बहार संवाददाता

थप