साउन ६, काठमाडौँ । सत्तामा भएकै आधारमा अतिरिक्त सुविधा पाउन नहुने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् ।
बीपी
स्मृति दिवसका अवसरमा चितवनमा मंगलबार बोल्दै महामन्त्री थापाले बलियो, शक्तिशाली वा सत्तामा बसेको भएपनि
गलत गरेको भए गलतै हुने बताएका हुन ।
यस विषयमा
उनले भने,‘अतिरिक्त
सुविधा प्राप्त गर्नु पर्छ भन्ने होइन, चाहे जोसुकै होस् शक्तिशाली होस्, सत्तामा बसेको मान्छे होस्, बलियो मान्छे होस् गलत गलतै हुन्छ,सही सही नै हुन्छ भनेर भन्ने
कांग्रेस पार्टीको यो दृष्टिकोण दायाँ बायाँ कहिले पनि हुनुहुन्न ।’
महामन्त्री
थापाको भनाइ अनुसार सार्वजनिक ओहदामा बसेको व्यक्तिले भ्रष्टाचार गरे त्यसको भारी
व्यक्ति स्वयंले बोक्नुपर्ने छ, पार्टी र कार्यकर्ताले उसको दोषको भारी बोक्न सक्दैनन्
।
- न्युज बहार संवाददाता