चैत ८, काठमाडौँ
। पूर्व सभामुख समेत रहेका कृष्णबहादुर महरासँग पुरा बयान लिइएको छ । सरकारी
वकिलको रोहबरमा दुई दिन महरासँग बयान लिइएको केन्द्रीय अनुसन्धान ब्युरोका
अनुसन्धान अधिकृतहरूले बताएका छन । अनुसन्धान अधिकृतहरूले २०७९ पुस १० मा चिनियाँ
नागरिक लि हासोङ्गले ७३० थान इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुनबारे उनलाई
प्रश्न गरेका छन् ।
सुन
तस्करी जाँचबुझ आयोगले भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग
‘कनेक्सन’ देखिएपछि उनलाई सङ्गठित तस्करी
गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो । नेकपा (माओवादी केन्द्र) का
उपाध्यक्ष समेत रहेका महराले चिनियाँ सुन तस्कर वाङसँग चिनजान रहेको स्वीकारेका
छन् ।
बयान
महराले भनेका छन्– ‘दाओजिन वाङसँग चिनजान हो, कारोबार गरेको छैन
र
राजनीति गर्ने हुनाले दिनमा धेरै जनाको फोन आउने र कुरा हुने पनि गरेको महराले
बताएका छन्।’
- न्युज बहार संवाददाता