भदौ १७, काठमाडौँ। सिंहदरबारमा विगत १२ वर्षदेखि सरकारले सञ्चालन गर्दौ आएको ‘हेलो सरकार’ सेवालाई अब २४ घण्टा नै सञ्चालन गर्ने गरी कार्यान्वयनमा ल्याएको छ ।
उक्त सेवालाई तीन सिफ्टमा विस्तारित गर्ने गरी आज आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभारम्भ गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गरी तीन सिफ्टको सेवा विस्तार गरिएको हो ।
गुनासोहरू राख्नका लागी इमेल, फोन, ट्वीटर, फेसबुक, पोर्टल, ह्वाट्स्एप, भाइवर लगायतका डिजिटल माध्यमको प्रयोग गर्न सकिने व्यवस्था छ ।
- न्युज बहार संवाददाता