चैत
१३, काठमाडौँ। नेपाली कांग्रेसले भोली बिहान बस्ने गरी केन्द्रीय कार्यसम्पादन
समितिको बैठक बोलाएको छ।
कांग्रेस
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार विहान ९ बजेका लागि
बैठक बोलाइएको नाजकारी गराएका छन।
भोली
बस्ने कार्यसम्पादन समितिको बैठकमा मन्त्री छनोट र उपनिर्वाचनबारे छलफल हुने
महामन्त्री गगन थापाले बताएका छन। बैठकले वैशाख १० मा चितवन २ र तनहुँ १ मा हुने
उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने उनले बताएका छन।
भोलीको
बैठकमा बारा २ मा पनि उम्मेदवार दिने कि नदिने भन्नेबारे पनि बैठकमा छलफल हुने बताइएको
छ।
- न्युज बहार संवाददाता