जेठ २,
काठमाडौँ। आज मंगलबार प्रतिनिधि सभाका दश वटै विषयगत समितिको बैठक बस्न लागेको छ। संघीय सबै समितिको बैठक ९ बजे देखी सुरू हुने संसद सचिवालयका सचिव रोजनाथ पाण्डेले जानकारी
दिएका छन।
पाण्डेले भने, 'यसरी १० वटै समितिको एकै दिन एकैपटक बैठक बस्न लागेको यो पहिलो पटक हो।’
समिति बैठकको अध्यक्षता जेष्ठ सदस्यले गर्नेछन् भने समिति सभापति चयनका लागि अब सभामुखले निर्वाचनको मिति तोक्ने जानकारी प्राप्त भएको छ।
- न्युज बहार संवाददाता