असोज १५, काठमाडौँ । बहालवाला सचिवसहित सात
जनाविरुद्ध राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार
मुद्दा दायर भएको छ ।
अख्तियार
दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, उद्योग मन्त्रालयका सचिव मधु कुमार
मरासिनी, पूर्वसचिव
एवम् राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन कार्यकारी निर्देशक
सञ्जय शर्मा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका
तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्यायसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
- न्युज बहार संवाददाता