मंसिर ७,
काठमाडौँ । स्विट्जरल्याण्ड सरकारले दिएको ६५ करोड अनुदान नेपाल सरकारले स्वीकृत
गरेको छ ।
सरकारकी प्रवक्ता
सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद्को
बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस
फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय सरकारले गरेको हो
।
विद्युतीय
सुशासन आयोगको सदस्यमा आजै बसेको बैठकले कञ्चनपुर निवासी पूर्णबहादुर
कुँवरलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।
- न्युज बहार संवाददाता