भदौ २३, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नायब सुब्बाहरु कमल परियार र वीरेन्द्र नेपाली तथा भन्सार अधिकृत पुष्पा जोशी रहेका छन् । सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यले ब्रेक सु मा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई शुक्रबार पक्राउ गरिएको जानकारी दिइन् ।
- न्युज बहार संवाददाता