पुस २, काठमाडौँ
। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाइ सुपर भाइजरसहित ९ जनालाई
१४ किलो सुन प्रकरणमा छानबिन समितिले नियन्त्रणमा लिएको छ । विमानस्थल भन्सार
कार्यालयका उप–सचिव
मणिराम पौडेल नेतृत्वको समितिले घटनाबारे छानबिन गरिरहेको छ ।
छानबिन समितिले सफाइ कर्मचारी कपिल ओझा, गणेश चेपाङ र सरसफाइ सुपरभाइजर मनसुन पाण्डेलाई पक्राउ गरेको हो ।
एयर साइड अफिसमा कार्यरत रमेश देउला र त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका कार्यालय सहयोगी लेखबहादुर तामाङ पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा करारमा कार्यरत कर्मचारीहरू र प्लम्बर पनि समावेश छन् ।
अहिलेसम्म ९ जनालाई सुन प्रकरणमा छानबिनका लागि नियन्त्रणमा लिइएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले जानकारि दिएका छन।
- न्युज बहार संवाददाता