Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

एकैपटक तिन बैंकको एटिएम फोड्ने प्रयास गरेको आरोपमा दुई जना पक्राउ ।

‘अपरेसन एटीएम हाइस्ट’ नै चलाएको छ ।

  •   ४ वर्ष अघि | ११ फाल्गुन २०७९, बिहिबार

फागुन ११, पोखरा । प्रहरीले पोखराका विभिन्न बैंकका एटीएम मेसिन फोड्ने प्रयास गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हाल पोखरा १७, छोरेपाटन बस्ने उदयपुरको गाईघाट घर भएका २१ वर्षीय सुशील चाम्लिङ राई र छोरेपाटन बस्ने लमजुङ स्थायी घर भएका २१ वर्षीय लुबहादुर गुरुङ ‘अर्जुन’ छन् ।

गएराति करिब १२ बजे उनीहरुमाथि पोखरा १०, रामबजारस्थित एनआईसी एसिया बैंक तथा साढे १ बजे पोखरा १५, वनक्याम्पस गेट नजिकै रहेको नेपाल बैंक लिमिटेड र ४ बजे सोही ठाउँकै सांग्रिला विकास बैंकको एटीएम मेसिन फोड्ने प्रयास गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काका अनुसार एटीएम मेसिन तोडफोड गर्ने उद्देश्यले ढुंगामुढा, सीसीटीभी क्यामेरालाई समेत कागजले छोप्ने प्रयास गरेको पाइएपछि सोही सूचनाका आधारमा उनिहरुलाई पक्राउ गरिएको हो । प्रवक्ता खड्काले भने‘निजहरुलाई चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ,’  ।

प्रहरीले लगातार बैंकका एटीएम मेसिन फोड्ने प्रयास र चोरी नै हुन थालेपछि विभिन्न अनुसन्धान अधिकृत, आईटी विज्ञसहितको ‘अपरेसन एटीएम हाइस्ट’ नै चलाएको थियो । उक्त अपरेसन टोलीले अनुसन्धानका क्रममा नेपालभरिका एटीएम बुथमा राखिएका एटीएम मेसिनमा भेण्डरकै कमजोरी पत्ता लगाएको थियो ।

थप