जेठ २४, सिन्धुली
। पाँच दिन देखि सिन्धुली स्थित सुनकोशी नदीमा बेपत्ता भएका तिन जना मध्ये २ जनाको
शब र उनिहरु चडडेको जिप मंगलबार बेलुका फेला परेको छ।
शब फेला परेसँगै
दुबै जनाको सनाखत पनि भएको छ।
हिजो मंगलबार सवा ६ बजेतिर
गोलन्जोर गाउँपालिका–७ लौकुनस्थित नदीमा सशस्त्र
प्रहरी बलको गोताखोरले बेपत्ता भएको गाडीभित्रैबाट दुई जनाको शव फेला परेको
हो।
सशस्त्र प्रहरी
बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले दुई वटै शवको सनाखत भएको जानकारी दिएका
छन।
उनका बताए अनुसार सिटिइभिटीको विद्युत
प्रशिक्षक ३२ वर्षीय भानु पौडेल र प्रशासन महाशाखा निर्देशक ५७
वर्षीय सहसचिव कृष्णबहादुर केसीको शव फेला परेको हो।
सिटिइभिटीका योजना महाशाखाका निर्देशक ५६
वर्षीय यमप्रसाद भुर्तेल भने अझै बेपत्ता रहेका छन्।
- न्युज बहार संवाददाता