Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

  •   २ वर्ष अघि | १९ बैशाख २०८१, बुधबार

बैशाख १९, काठमाडौँ । आज बुधबार १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ ।

विश्वभर आज इतिहास, उपलब्धि र आगामी बाटोनाराका साथ श्रमिक दिवस मनाइँदै छ।

आजको अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्ने र श्रमिक अधिकारको रक्षा तथा प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा लिएका छन।  

यस दिवसले मर्यादित हालसम्म भएका काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि भएका आन्दोलन र उपलब्धिलाई स्मरण गराउने गरेको छ । यस दिनले मजदुरका पक्षमा लाग्न प्रेरित पनि गर्ने गरेको छ ।

प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक तथा नागरिकको रोजगारीको हकलाई सुनिश्चित गरी नेपालको संविधानले त्यसलाई प्रत्याभूत समेत गरेको छ ।

संयुक्त ट्रेड युनियन समन्वय कमिटीले आज मजदूर दिवसका अवसरमा भृकुटीमण्डपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख अतिथ्यमा विशेष कार्यक्रम आयोजना गर्ने लागेको छ ।

उक्त समारोहअघि नयाँ सडकबाट र्‍यालीको आयोजना

  • न्युज बहार संवाददाता

थप