बैशाख १८, काठमाडौँ।
आज १३४ औं अन्तर्राष्ट्रिय
श्रमिक दिवस हो । यस दिनको अवसरमा नेपालमा ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मुल नारासहित मनाइँदैछ ।
आजका दिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित विभिन्न राजनीतिक दलका मजदुर संगठनको आयोजनामा कार्यक्रम गरी यो दिवस देशैभरी मनाइँदैछ ।
‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारा स्थापित भएको दिनको सम्झनामा यो दिवस मनाइँदै आइएको छ ।
नेपालमा अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको छ ।
- न्युज बहार संवाददाता