Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजदेखी तिन दिन काठमाडौँ र ललितपुरका यी स्थानमा विद्युत अवरुद्ध हुने

  •   ३ वर्ष अघि | २९ भदौ २०८०, शुक्रबार

भदौ २९, काठमाडौँ । स्युचाटार-टेकु लाइन  नेपाल विद्युत प्राधिकरणले तीन दिन सट डाउन गर्ने भएको छ । टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेकोले शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म स्युचाटार-टेकु लाइन  सटडाउन गर्ने प्राधिकरणले जनाएको छ।

त्यसैगरी प्राधिकरणले ६६ केभी स्युचाटार(पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म ६६ केभी स्युचाटार(के३ लाइन) सटडाउन गरिने जनाएको छ।

तीन वटा प्रसारण लाइन सटडाउन गर्दा ललितपुर र काठमाडौँका विभिन्न क्षेत्रहरूमा विद्युत् प्रभावित हुने भएको छ। शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिन ६६ केभी स्युचाटार(टेकु प्रसारण लाइन) अवरूद्ध हुने भएको छ। 


  • न्युज बहार संवाददाता

थप