Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज क्रिकेटर सन्दीप लामिछाने विरूद्धको मुद्दामा फैसला आउने सम्भावना

  •   ३ वर्ष अघि | १३ पुस २०८०, शुक्रबार

पुस १३, काठमाडौँ । आज क्रिकेटर सन्दीप लामिछाने विरूद्धको मुद्दामा फैसला आउने सम्भावना रहेको छ ।

अन्तिम सुनुवाइका लागि आइतबारदेखि पेसी चढेकोमा उक्त मुद्दामा निरन्तर बहस हुँदै आइरहेको छ । उक्त मुद्दा हिजो पनि हेर्दाहेर्दैमा परेको थियो।

काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश शिशिरराज ढकालले बिहीबार सन्दीप लामिछाने पक्षका वकिलहरूको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेका थिए।

लामिछानेका वकिलहरूले हिजो बहस गरेका थिए।

आज लामिछानेका वकिलहरूको बहस सकिएको खण्डमा सरकारी वकिल र जाहेरवालाका वकिलले जवाफी बहस गर्ने छन् भने दुवै पक्षको बहस सकिएपछि यो मुद्दामा न्यायाधीशले फैसला सुनाउने छन्।

  • न्युज बहार संवाददाता

थप