Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

शिव खोलामा खस्यो ट्रक।

  •   ३ वर्ष अघि | ३ साउन २०८०, बुधबार

साउन ३, काठमाडौँ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिव खोलामा मालबाहक ट्रक खसेको छ। राजमार्ग अन्तर्गत दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलाको पुलबाट ट्रक तल खोलामा खसेको हो ।

बाँकेको नेपालगन्जतर्फ रुपन्देहीको भैरहवाबाट जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक आज बुधबार बिहान ४ बजेर ३० मिनेट जाँदा दुर्घटना भएको हो ।

ट्रक खोलामा खस्दा ट्रकका चालक च्यापिएको र उनको उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

ट्रक शिव खोलाको पुल छेउमा रहेको पुलको रेलिङ भाँच्दै खोलामा खसेको थियो । अहिले नेपाली सेना र नेपाल प्रहरीको टोली उक्त दुर्घटना स्थलमा उद्धारमा खटिएका छन्।

  • न्युज बहार संवाददाता

थप