भदौ २, गोरखा । आइतबार राति त्रिशूली नदीमा आएको भीषण बाढीले क्षति पुर्याइएको झोलुङ्गे पुलको मर्मत कार्य सुरु भएको छ।
गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले गोरखा जिल्लको गण्डकी गाउँपालिका–६ भुम्लिचोक र धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–१० जोड्ने हिक्लुङघाटको झोलुङ्गे
पुल मर्मत सुरु भएको जानकारी दिएका छन ।
बाढीले पुलमा क्षति पुर्याएपछि सोमबार देखी नै आवतजावत बन्द
भएको छ । तिमिल्सिनाले गाउँपालिकाले तत्काल पहल गरी स्थानीय पूर्वाधार विभागबाट
प्राविधिकको टोली झिकाएर पुल मर्मत सुरु गरिएको बताएका छन ।
अध्यक्ष तिमिल्सिनाले त्यसै दिन त्रिशूली नदीकै बाढीले क्षति
पुर्याएको गण्डकी गाउँपालिका–७ ध्याल्चोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ जोड्ने धवादीघाट माथिको
झोलुङ्गे पुल मर्मत भने आजदेखि मात्र सुरु हुने जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता