Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सामाखुशी खोला माथी रहेको प्रहरी बिट महानगरले गरायो खाली ।

  •   ३ वर्ष अघि | २१ साउन २०८०, आइतवार

साउन २१, काठमाडौँ । सामाखुशी खोला माथी रहेको प्रहरी बिट काठमाडौँ महानगरले खाली गराएको छ। 

काठमाडौँ महानगरपालिका-२६ का वडाध्यक्ष ख्यामराज तिवारीले खोलामाथि बनेको प्रहरी बिट शुक्रबार खाली गरिएको जानकारी दिएका छन।

अहिले प्रहरी बिट खाली छ तर त्यसलाई हटाइसकिएको छैन।

प्रहरी बिटका सम्पुर्ण सामानहरु नजिकै रहेको आशिष चर्चमा सारिएको छ। अब अन्य व्यवस्था नहुन्जेल प्रहरी बिट चर्चकै भवनमा राखिने वडाध्यक्ष तिवारीले जानकारी दिएका छन । उक्त बिटमा ६/७ जना प्रहरी बस्ने गरेका थिए।

सामाखुशी खोलालाई पूर्ववत् अवस्थामा फर्काउन काठमाडौँ महानगरपालिकाले असारदेखि स्ल्याब हटाउन सुरू गरेको हो।

  • न्युज बहार संवाददाता

थप