साउन ८, काठमाडौँ
। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार सबैभन्दा बढी श्रम
स्वीकृति लिई रोजगारीका लागि नेपाल आउनेमा चिनियाँ नागरिक रहेको छ ।
हरेक दिन
नेपालबाट विदेशमा काम गर्नका लागि औसतमा १५ सय युवायुवती बाहिरिने गरेको तथ्याङ्क
रहेको विभागले जनाएको छ भने नेपालमा ९६ देशका नागरिकले श्रमका लागि स्वीकृति लिएका
छन र त्यी मध्ये सबै भन्दा धेरै चिनियाँ नागरिक नेपाल आउने गरेका छन ।
सबैभन्दा
बढी विदेशीलाई रोजगारदिने नेपालमा रहेका रोजगारदातामध्ये काठमाडौँ–तराई–मधेस द्रुतमार्गमा चाइना स्टेट
कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन हो ।
- न्युज बहार संवाददाता