माघ २२, काठमाडौं । रास्वपा- राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट अलग हुने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र सांसदहरुको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।
एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार सरकारलाई दिएको समर्थन भने कायमै रहने देखिएको छ ।