माघ १८, काठमाडौँ । नागरिक उड्डयन
प्राधिकरणले नेपालका आन्तरिक र अन्य हवाई उडान
सुरक्षित बनाउनको लागी नयाँ व्यवस्था लागू गर्ने बताएको छ। विषेशत नेपालको आन्तरिक हवाई
उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र
व्यावसायिक बनाउने उद्देश्यको लागी हाल उड्डयन
क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूसँग छलफल भइरहेको प्राधिकरणले बताएको छ। प्राधिकरणले भन्यो “केही दिनमै नयाँ नियम र व्यवस्था लागू हुने छ”। नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने लागेको नयाँ व्यवस्थाअनुसार अब पाइलटले दैनिक रुपमा आठ घन्टा उडान र आठ पटक मात्र अवतरण गर्न पाउने छन्। हालको व्यवस्थामा दैनिक दस घन्टा उडान र १० वटा अवतरण गर्न पाउने नियम छ।
त्यसै गरि आईएफआर उडान हुने विमानस्थलमा भिएफआर उडान गर्न नपाइने
प्राधिकरणले जनाएको छ। यसैगरी वायुसेवा
कम्पनीमा रहेका सबै प्रशिक्षक
पाइलटले विमान उत्पादक कम्पनीमा गई अनिवार्य रुपमा सीप परीक्षण
गर्नुपर्नेछ। पछील्लो समयबढी रहेको
हबाई दुर्घटना केही हद सम्म कम गर्नको लागी यो नयाँ व्यवस्थाले सघाउने नागरिक
उड्डयन प्राधिकरणले बताएको छ ।