Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कालिगण्डकी नदिमा खस्यो बस ।

बस जोमसोमदेखि पोखराका लागि छुटेको थियो ।

  •   ४ वर्ष अघि | ३ फाल्गुन २०७९, बुधबार

फागुन ३, पोखरा । जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका-३ मा कालीगण्डकीमा खस्दा १७ जना घाइते भएका छन् ।बसमा २ भारतीयसहित अन्य नेपालीहरु रहेको खुलेको छ । मुस्ताङको थासाङ गाउँपालिकाको धम्पु भन्ने ठाउँमा सडकबाट तल जीप कालीगण्डकी खोलामा खसेको हो ।

बस नम्बर ना७ख ७४४० नदीमा खस्दा बसमा सवार सबै जना घाइते भएका छन भने घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिए । बस करिब ४५ मिटर तल खसेको हो ।

रविन्द्रनाथ पौडेलले बस सीधै पानीमा खसेको र प्रहरी कार्यालय पनि नजिकै रहेकाले छिटो उद्धारसमेत हुँदा ठूलो क्षति हुन नपाएको बताएका छन ।

गम्भीर घाइते २ जनासहित १४ जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत पोखरा पठाइएको छ भने बाँकी तीन जना जो सामान्य घाइते थिए उनिहरुको थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।

दुर्घटनामा पर्ने धेरै जसो घुम्न गएका पर्यटकहरु र केही स्थानीयहरू रहेको जानकारी प्रप्त भएको छ । दुर्घटनामा परेका घाइतेहरु को सिघ्र स्वास्थय लाभको कामना गर्दछौँ ।

थप