असार १५, सङ्खुवासभा। असार २ गते देखि सङ्खुवासभा को हेंवाखोलामा राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जानकारी दिएका छन।
हेवाखोलाको बाढिमा अझै १९ जना बेपत्ता रहेका छन।
- न्युज बहार संवाददाता