Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

झ्याप्लेखोलामा पहिरोमा पुरिएको माइक्रोबसबाट १४ जना व्यक्तीको शव निकालियो

  •   २ वर्ष अघि | १२ असोज २०८१, शनिबार

असोज १२, काठमाडौँ । काठमाडौँको नागढुंगा नजिकै झ्याप्लेखोलामा पहिरोमा पुरिएको माइक्रोबसबाट १४ जना व्यक्तीको शव निकालिएको छ ।

धादिङ जिल्लाको झ्याप्ले खोलामा शनिबार बिहान पहिरो जाँदा माइक्रोबसहरु पुरिएका थिए । सोही बस पुरिएको स्थानबाट लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट १४ जनाको शव निकालिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार १४ जना एकै माइक्रोबसका यात्रु रहेको र उनिहरुको शव पहिरोबाट निकालिएको हो । उक्त माइक्रोबस १३ जना यात्रु लिएर शुक्रबार बिहान बुटवलबाट काठमाडौँको लागि छुटेको थियो । माइक्रोबसका चालक सहित १३ यात्रु सबै शुक्रबार राती नै पहिरोमा पुरिएका आशंका गरिएको छ ।

प्रहरीले पहिरोमा अरु बसहरु पनि पुरिएको हुन सक्ने आशंकामा खोजी जारी राखेको छ ।

  • न्युज बहार संवाददाता

थप