चैत १४, काठमाडौँ । अख्तियारको टोलीले आज काठमाडौँको
मनमैजुस्थित नापी कार्यालयका नापी सर्वेक्षक र लेखापढी व्यवसायीलाई घुस रकम सहित
पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी
व्यवसायी अभिषेक कार्की रहेका छन्।
आरोपीहरूको साथबाट १ लाख ७५ हजार घुस रकम बरामद गरिएको अख्तियार स्रोतले जनाएको छ।
सेवाग्राहीसँग कित्ताकाट गर्न सहजीकरण गरेबापत आरोपीहरुले घुस रकम माग गरेका हुन।
मनमैजुस्थित मुक्तिनाथ कानुनी सेवाको सञ्चालक अभिषेक कार्की हुन्। अख्तियारका एक जना अधिकृतले नापी सर्वेक्षकलाई कार्यकक्षबाट नै पक्राउ गरिएको बताएका छन।
- न्युज बहार संवाददाता