माघ २६, काठमाडौं ।
सुदूरपश्चिम प्रदेश सरकार पूर्णता नपाउँदै संकटमा परेको आभास गरिएको छ । नागरिक
उन्मुक्ति पार्टीले लिएको अडानका कारण प्रदेश सरकार संकटमा छ । मुख्यमन्त्री
राजेन्द्र रावलले आज बिहीबार साँझ ५ बजेसम्म विश्वासको मत नलिए अर्को सरकार गठनको
प्रक्रिया अगाडि बढ्नेछ ।
तर बुधबार साँझसम्म विश्वासको मत दिन नागरिक उन्मुक्ति पार्टी, तयार भएको छैन, नेताहरु फकाउन एमाले लगातार लागिपरेका छन्।
एमाले सुदूरपश्चिमका एक नेता भन्छन् आशा भने गर्न सकिन्छ सम्भावना आधाआधा नै छ, ‘आजै विश्वासको मत दिनुपर्ने हो, तर दिनु भएन, फेरि छलफलमा
बस्नुभयो भने आशा त गर्नैपर्यो’। नागरिक उन्मुक्तिका प्रदेश सांसद सातै जना काठमाडौंमा
छन । आफ्नो माग पूरा नभएसम्म विश्वासको मत नदिने अडानमा उनिहरु छन ।