फागुन ७, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले
राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव अघि सारेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले
राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव पनि राखेका छन् । उनले देश जोगाउन प्रजातन्त्रको लागि
अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको
राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्न नहुने बताएका हुन् ।
७३ औं राष्ट्रिय
प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले अब नेपालको अधोगतिप्रति आफूहरू र सम्पुर्ण राजसंस्था
मौन रहन
नसक्ने बताएका हुन्।