चैत १३, काठमाडौं । मिटरब्याज पीडितहरुलाई काठमाडौं
महानगरपालिकाले खुलामञ्चको सट्टा शान्तिवाटिकामा बस्ने प्रस्ताव गरेको छ ।
पैदल
हिँडेर विभिन्न जिल्लाहरुबाट आन्दोलनका लागि सोमबार काठमाडौं आएका मिटरब्याज
पीडितले सोमबार साँझ खुलामञ्च प्रवेश गर्न खोजेका थिए तर काठमाडौँ महानगरपालिकाको
नगर प्रहरीले उनिहरुलाई गेटमै रोकेको थियो ।
महानगरपालिकाका मेयर बालेन शाहले
मिटर ब्याज पीडितलाई पशुपति धर्मशालामा बस्न आग्रह गरेको तर नमानेको बताएका छन उनले
फेसबुकमा स्टाटस लेख्दै भनेका छन ‘काठमाडौ बसुन्जेल पशुपति धर्मशालामा बास
र खाना को ब्यवस्थापन गर्न हामी तत्पर भएर आज बिहानै उहाँहरुसँग सम्पर्क गरेर
हामीले पशुपति जान अग्रह गर्यौं, तर उहाँहरु खुल्लामन्च मै बस्न खोज्नु
भयो । यसै क्ममा हामीले सम्झाएर रत्नपार्कको शान्तिबाटिकामा आन्दोलन गर्न प्रबन्ध
गरेको छौं ।’
मेयर बालेनले मिटरब्याज
पीडितप्रति ऐक्यवद्धता जनाउँदै लेखेका छन ‘हामी चाहन्छौं यस्तो अवस्था मा काठमाडौं
कोही आउन नपरोस्, गाउँगाउँमा
सरकार पुगोस्।’
- न्युज बहार संवाददाता