असोज १७, बुटवल । सर्वपक्षीय बैठकले नेपालगन्जको कफ्र्यु खुकुलो बनाउने निर्णय गरेको छ । यहाँस्थित राजनीतिक दल, सुरक्षा निकायले चार दिनयता बढेको साम्प्रदायिक तनावका कारण लागेको कफ्र्यु क्रमशः खुकुलो बनाउँदै लानु पर्ने र पूर्ण रूपमा हटाउन प्रयत्न गर्ने निर्णय गरेका हुन ।
तर, आज रातभर भने नेपालगन्जमा कफ्र्यु कायम रहने सम्भावना देखिएको छ । जिल्लाको सुरक्षा समितिले नेपालगन्जमा लगाइएको कफ्र्यु हटाउन निर्णय गर्नुपर्ने हुन्छ तर उक्त समितिको बैठक बस्ने नबस्ने अझैसम्म टुङ्गो भइसकेको छैन । त्यसैले आज रातभर कफ्र्यु कायम हुनसक्ने अनुमान गरिएको छ ।
- न्युज बहार संवाददाता