Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

ल्होत्से मलमा लुटपाट गर्ने चार जना प्रहरी नियन्त्रणमा ।

चोरीबारे अनुसन्धान गर्न प्रहरी महानिरीक्षक आईजीपी धिरजप्रताप सिंहलाई निर्देशन

  •   ४ वर्ष अघि | २ फाल्गुन २०७९, मङ्लबार

फागुन २, काठमाडौं । सोमबार भएको यातायात मजदुरको आन्दोलनको क्रममा काठमाडौंको बालाजुमा नयाँ बसपार्कमा रहेको ल्होत्से मलमा समेत आन्दोलनकारीले तोडफोड गरेका थिय। बाहिर आन्दोलन भइरहँदा एउटा समूह मलभित्र पस्यो। उक्त समूहले मलमा रहेको मोबाइल पसलका सटरहरू आफैं खोलेर त्याहाँ लुटपाट गरे। मलमा रहेका दुई वटा मोबाइल पसलएसिडिसी र डाइमोन्ड स्टारमा पनि लुटपाट भएको थियो। साथै एउटा मोबाइल मर्मत गर्ने ल्याबमा पनि लुटपाट भएको थियो। बाहिर आन्दोल चर्की रहदा भित्र लुटपाट भएको थियो । आज उक्त लुटपाटमा संलग्न ४ जनालाई प्रहरीले प्रकाउ गरेको छ । गोंगबुमा सोमबार भएको यातायात व्यवसायीको आन्दोलनका क्रममा ल्होत्से मलको मोबाइल पसलमा भएको लुटपाटमा संलग्न रहेकामध्ये चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

त्यी चार जना व्यक्तीलाई ल्होत्से मलस्थित मोबाइल पसलमा चोरी गर्दा गर्दै त्यहाँ कार्यरत सुरक्षा गार्डले नियन्त्रणमा लिएको बताइएको छ । उक्त चार जनालाई गार्डले बुझाए पछि प्रहरी वृत्त, महाराजगञ्जले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

गृह मन्त्रालयले यसरी बहिर आन्दोलनको क्रममा भित्र मलको मोबाइल पसलमा नियतबस भएको चोरीबारे अनुसन्धान गर्न प्रहरी महानिरीक्षक आईजीपी धिरजप्रताप सिंहलाई निर्देशन दिएको छ । उनको निर्देशन अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयले छानबिन सुरु गरिसकेको छ ।

 

थप