Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

“अहिले त सरकारमा सहभागी हुने विषय हाम्रो मुद्दा होइन, भर्खर निस्किएका छौं।” रवि लामिछाने ।

सरकारमा सहभागी हुने प्रस्ताव आएको थियो ।

  •   ४ वर्ष अघि | २९ माघ २०७९, आइतवार

राष्ट्रिय स्वतन्त्र पार्टीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अहिलेको सत्ता गठबन्धन कसिलो हुनुपर्ने धारणा राखेका छन। फेरि सरकारमा सहभागी हुनुअघि सत्ता गठबन्धन झन बलियो हुनुपर्ने बताएका छन ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय प्रजातान्त्रिक पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा ल्याउनुपर्ने धारणा व्यक्त गरेका थीए।

जवाफमा रवि लामिछानेले आफ्नो राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा फेरि सहभागी हुनुअघि नेकपा (एमाले) र माओवादी केन्द्रबीच देखिएको शंकाको वातावरण र गठबन्धनको दिशा समाधान हुनुपर्ने बताए।

रवि लामिछानेले भने 'अहिले तपाईंहरूको बीचमा विश्वासको वातावरण बन्नुपर्‍यो। सबै विषय समष्टिगत रूपमा हेर्नुपर्‍यो। राष्ट्रपति निर्वाचनलाई लिएर भएको चर्चा सबै चिज फाइनल भएपछि, उपनिर्वाचन फाइलन भएपछि अनि पो सरकारमा सहभागी हुने नहुने कुरा आउँछ त, 'अहिले त सरकारमा सहभागी हुने विषय हाम्रो मुद्दा होइन। भर्खर निस्किएका छौं।'

थप