साउन १२, सप्तरी। सप्तरी जिल्लामा एक युवकको
हत्या भएको छ भने सोही क्रममा अर्का एक
युवक घाइते भएका छन् ।
सप्तरी जिल्लाको कंकालिनी नगरपालिका १० इनर्वाका स्थानीय तिर्कनारायण मण्डलको शव आज बिहान घर नजिकै हिलोमा फेला परेको हो भने अर्का युवक अजय मण्डल घाइते अवस्थामा फेला परेका छन
सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले भने ‘घटनास्थलको प्रकृति हेर्दा युवकको हत्या नै भएको देखिएको छ, अर्का युवक घाइते रहेका छन । घटना कति बेलाको हो त्यो भने अहिलेले खुल्न सकेको छैन।’
- न्युज बहार संवाददाता