चैत २६, चितवन। १८० किलो गाँजासहित चितवनमा एक जना व्यक्ती पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनले राप्ती नगरपालिका-१ लोथरस्थित पूर्वपश्चिम लोकमार्ग सडकबाट शुक्रबार एक जनालाई गाँजासहित पक्राउ जनाएको छ।
बिआर-०६ जी २१२८ भारतीय नम्बर प्लेटको ट्रकमा तलासी लिँदा क्याबिनबाट गाँजा बरामद भएको प्रहरीले बताएको हो।
गाँजा ट्रकको क्याबिनमा फल्सबटम बनाएर राखिएको थियो भने १६ वटा पोकामा १८० किलो गाँजा रहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाउ पर्नेमा भारत पूर्वी चम्पारण विहार रक्सौल बस्ने ३० वर्षीय कुन्दन पटेल रहेका छन भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ।
- न्युज बहार संवाददाता