Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

एलपी ग्यास बोकेको ट्यांकर पल्टिँदा एक जनाको मृत्यु।

  •   ४ वर्ष अघि | २० चैत्र २०७९, सोमवार

चैत २०, काठमाडौँ। पृथ्वी राजमार्गमा एलपी ग्यास लोड गरेको ट्यांकर पल्टिँदा एक जनाको मृत्यु भएको छ।

आज बिहान ६ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवाटारमा ट्यांकर पल्टिएको हो।

युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर चितवनको मुग्लिनबाट काठमाडौंतर्फ जाने क्रममा अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले दुर्घटनामा परेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको बताएका छन।

दुर्घटनामा परेर अर्का एक जना व्यक्ती गम्भीर घाइते भएका छन् भने उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप