Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नुवाकोट बस दुर्घटना अपडेट मृत्यु हुनेको संख्या ३ पुग्यो ।

एक जानाको पहिचान खुल्न सकेको छैन

  •   ४ वर्ष अघि | ४ फाल्गुन २०७९, बिहिबार


फागुन ४, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१२ मा बिहीबार अपराह्न ४ भएको बस दुर्घटना मृत्यु हुनेको संख्या ३ पुगेको छ । बट्टारबाट धान्से जाँदै गरेको बा.२ ख. ८४५३ नम्बरको बस चैनपुरमा दुर्घटना भएको थियो। 

दुर्घटनामा परेर दुई जना पुरुष र एक महिलाको मृत्यु भएको छ । डीएसपी खड्काका अनुसार मृत्यु हुनेमा विदुर–३ घर भएका ७३ वर्षीय बाबुराम नेपाली र विदुर–६ घर भएका ६८ वर्षीय रामप्रसाद अर्यालको पहिचान खुलेको छ । 


अर्का एक जानाको पहिचान खुल्न सकेको छैन भने दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २३ जना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल नुवाकोटमा उपचार भइरहेको छ ।

थप